Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बाख्रालाई स्विमिङ पुल, अस्पताललाई बाथिङ


0
Shares

काठमाडौं । पानीको प्रयोग गरेर नुहाउने तरिका फरक छन् । कोही खोलामा निर्वाध नुहाउन रुचाउँछन् त कोही घरको धारामा ।

नुहाएर शरीर सफा गर्ने तरिका पुरानै हो । तर, समय, आवश्यकता र परिस्थितिले बाह्य शरीर सफा राख्ने मानिस र पशुको तरिका फरक बनाएका छन् ।

मानिसलाई नुहाउँदाका फाइदा छन्, छालाको इन्फेक्सनबाट मुक्ति, तौल कम गर्न, शरीरको कयालोरी केही मात्रामा जल्नु, मोटोपनबाट मुक्ति, मुड ठीक राख्नु र आरामदायी निद्रा ।

तर, मपवानपुरमा खशीबाख्रालाई स्विमिङ पुलको व्यवस्था गरिएको छ । उतरी मकवानपुरको चित्लाङमा सरकारी तवरबाट सञ्चालित बाख्रा विकास फर्ममा पालिएका बाख्रा र बोकाका लागि प्राविधिक दृष्टिले उपयोगी सुविधासम्पन्न स्विमिङ पुल बनाइएको हो ।

उक्त स्विमिङ पुलमा त्यहाँका बाख्रा, बोका र पाठापाठीलाई वर्षमा कम्तीमा तीनपटक स्विमिङ गराउने गरिन्छ ।

ती चौपायका शरीरबाट जुम्रा, किर्ना, उपियाँजस्ता बाह्य परजीवी हटाएर शारीरीक विकासमा सहयोग गर्न फरक फरक औाषधि मिश्रित पानी राखिने स्विमिङ पुलमा बाख्रा र बोकाहरुलाई चुर्लुम्म डुबाउने गरिएको छ ।

त्यस्तै, हेटौडा अस्पतालको तरिका पनि फरक देखिन्छ । भवनको पुरै भाग सातामा एकपटक नुहाएर आफूलाई मात्र होइन, त्यहाँ भर्ना भएर उपचाररत बिरामी र उनीहरुका कुरुवालाई पनि फूर्तिलो बनाउन मद्दत गर्दै आएको छ ।

करिब साढे दुई वर्ष अघिसम्म हेटौडा अस्पतालमा सफाइ कर्मचारीले त्यति वास्ता गरेको देखिदैन थियो र हाकिमहरुले निर्देशन दिँदा पनि जुन ठाउँ सफा गर भनिएको हो, त्यही ठाउँमात्र केन्द्रित गर्दै कर्मचारीले सफाइ गर्दथे ।

अस्पताल सरसफाइ सम्बन्धमा धेरै गुनासा नआएका होइनन् । अस्पताल व्यवस्थापनले त्यस समयमा त्यति धेरै चासो देखाएन, जति सेवाग्राहीका गुनासा समाचार बन्थे ।

तर, हाल अस्पताल भवन मानवीय स्वास्थ्यका हिसाबले परिवर्तनशील अवस्थामा छ । अस्पताल भवनको एक सातामा बाथिङ हुने गरेको छ । बिदाको मौका छोपेर वा शनिबार हस्पताल भवन पुरै सफा गरिदै आएको हो । समाचारपत्र