
काठमाडौं, चैत ८ । जिल्ला प्रहरी कार्यालय बाराले १ किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा नगरपालिका १६ का राजकुमार योन्जन (तामाङ्ग) रहेका छन् ।
मोटरसाइकलमा सवार तामाङ्गलाई चेकजाच गर्दा उनको साथबाट १ किलो अफिम बरामद गरेको प्रहरीले जनाएको छ ।
तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्