१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


इन्डोनेसियाको वामेनामा हिंसा भड्किँदा कम्तीमा २१ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज ७ । इन्डोनेसियाको पूर्वी प्रान्त पापुआको वामेना सहरमा हिंसा भड्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

धेरैजसो स्कुले विद्यार्थी सम्मिलित प्रदर्शनकाक्रममा सहरका विभिन्न भवनहरुका आगजनी गरिएको थियो ।

मृत्यु हुने अधिकांश आगजनीपछि भवनमा च्यापिएकाहरु रहेको बताइएको छ ।

शिक्षकको रंगभेदी टिप्पणीपछि विद्यार्थीहरु आक्रोशित बनेर सडकका उत्रिएका थिए । सहरमा केही दिनयता प्रदर्शन भइरहेको थियो ।

स्वतन्त्रता दिवस समारोहकाक्रममा पापुअन विश्वविद्यालयका विद्यार्थीले राष्ट्रिय झन्डामा क्षति पुर्‍याएको एउटा राष्ट्रवादी समूहको आरोपपछि प्रदर्शन सुरु भएको थियो ।

प्रान्तकै राजधानी जयापुरामा भएको अर्को घटनामा चारजनाको मृत्यु भएको छ ।

पापुआ र पश्चिम पापुआ गरी दुई प्रान्तमा विभाजित पापुआ इन्डोनेसियाको एकीकृत भाग हो । तर, पापुआका धेरैजसो बासिन्दा यसमा असहमत रहेका छन् । (एजेन्सी)