Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


धोबीखोला हडप्ने भूमाफियाको धन्दामा ब्रेक


39
Shares

काठमाडौं । काठमाडौंको धोबीखोला बग्नेमध्ये काठमाडौं महानगरपालिका ५ भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गालाई विभिन्न प्रपञ्च रची भूमाफियाले आफ्नो नाममा बनाएको भए पनि मालपोत कार्यालय डिल्लीबजारले भूमाफियाको धन्दामा ब्रेक लगाइदिएको छ ।

मालपोत कार्यालय डिल्ली बजारले यसअघि मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयको मिलेमतोमा गुठी र व्यक्तिको नाममा गरिएको काठमाडौंको भत्ेकेको पुलमा रहेको आठ रोपनी तीन आना जग्गा पुनः सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत टुना श्रेष्ठले सर्वोच्च अदालतको आदेशबमोजिम विभिन्न व्यक्तिले हडपेको भत्केको पुल क्षेत्रमा रहको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याइएको जानकारी दिए ।

मालपोत कार्यालयले २ चैतमा सो जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

यसअघि विभिन्न भूमाफियाले तत्कालीन समयमा मन्त्रिपरिषद् कार्यालय, मन्त्री, सचिव तथा सरकारी कर्मचारीसँग मिलेमत्तो गरी सो जग्गा गोकर्णेश्वर पञ्चामृत गुठीका नाममा ल्याएर आफ्नो नाममा मोही कायम गराउँदै जग्गा दर्ता गराउन सफल भएका थिए ।

तत्कालीन सरकारका प्रधानमन्त्री माधवकुमार नेपालको पालामा २०६७ साल १४ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भत्केको पुल क्षेत्रमा रहेको कित्ता नम्बर ५०५ को सो जग्गलाई गोकेर्णेश्वर पञ्चामृत गुठीका नाममा मोही कायम हुनेगरी दर्ता गरिदिन निर्णय गरेको थियो ।

सो निर्णयसँगैं भूमाफियालाई जग्गा हडप्ने बाटो खुलेको थियो ।राजधानी