काठमाडौं । भारतको बम्बइमा सडक दुर्घटनामा परेर घाइते भएका डडेल्धुराका दिलबहादुर दमाईँ उपचार अभाव भएपछि मुख्यमन्त्री कार्यालय अगाडि राखेर परिवारले सहयोगको याचना गरेका छन् ।
हात र खुट्टामा लागेको घाउ पाक्न थाले पनि उपचार गराउन नसकेपछि आफन्तले सुदुरपश्चिमको धनगढीस्थित मुख्यमन्त्री कार्यालयअघिल्लतिर राखेर सहयोेगका लागि प्रदेश सरकारलाई याचना गरेका हुन् ।
उनका आफन्तले ‘सरकार कि आस दे कि सल्फास दे’ भन्दै मुख्यमन्त्री कार्यालयअगाडि कचौरा लिएर धर्ना दिएका हुन् ।
घाइतेको उपचार गरेर पुर्नजीवन दिन आफन्तले प्रदेश सरकारलाई आग्रह गरेका छन् पैसा नभएपछि अस्पताल भर्ना गराउन सक्ने अवस्था नरहेको आफन्त प्रेम दमाईँले बताए ।
दिलहादुरलाई गत वर्षको पुसमा बम्बईमा पैदल हिडेर सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएपछि सडकमा बजारिएका थिए । तयसपछि उनलाई गाडीले ठक्कर दिएर भागेको थियो ।
गाडीको ठक्करबाट उनको खुट्टा भाँचियो, अर्को खुट्टाको मासु थिचिएर हड्डी मात्र जोगियो । त्यहाँ भएका नेपालीबाट चन्दा उठाएर दमाईँको ६/७ महिना उपचारपछि उनी घर फर्केका थिए ।
गत असनारमा घर आएका उनको नियमित उपचार हुन नसक्दा घाउ पाकेका थियो । आफन्तले पैसा उठाएर दुई महिनासम्म काठमाडौंमा उपचार गरिएको थियो ।
आर्थिक अभावका कारण नियमित उपचार गराउन नसक्दा उनको घाउ पुन बल्झिएको हो ।नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्