Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


‘कला जीवन्त बनाउन अध्ययन गर्न जरुरी छ’ : रविन्द्र झा


0
Shares

काठमाडौं । कलाकार रविन्द्र झाले आफ्नो अभिनयलाई दर्शकले धेरै रुचाएको बताएका छन् । इमेजसँग कुरा गदै कलाकार झाले दर्शकको मायाले फिल्म क्षेत्रमा स्थापित हुन सहयोग गरेको बताएका हुन् ।

थिएटर नाटकबाट अभिनय सुरु गरेको झाको फिल्ममा खेल्ने कुनै योजना थिएन भन्छन् ‘फिल्म खेल्छु भन्ने कहिले सोचिन् तर मलाई फिल्ममा जात्रा फिल्मले स्थापित बनायो ।’ जात्राको मुन्ना क्यारेक्टर एकदमै रुचाएको बताउदै झाले भने ‘कतिपयले त मुन्ना भनेर बोलाउनु बोलाउनुहन्छ ।’

कला जीवन्त बनाउनका निम्ती क्यारेक्टर तथा विष्यवस्तुको अध्ययन गगर्न जरुरी रहेको झाको भनाई छ । नाटक खेलेर पनि बाच्न सकिने झाको अनुभव छ ।