२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


डेंगीबाट पाँच महिनामा ‘१० हजार ७७० जना प्रभावित’


0
Shares

काठमाडौं, असोज २ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगबाट हालसम्म १० हजार ७७० मानिस प्रभावित बनेको जनाएको छ ।

महाशाखाकाअनुसार गएको वैशाखदेखि देखिएको डेंगीबाट असारसम्म तीन हजार ४०० मानिस प्रभावित भएको र साउनदेखि असोज १ गतेसम्म थप सात हजार ३७० जना गरी कुल १० हजार ७७० जना संक्रमित भएको पाइएको जनाएको हो ।

प्रदेश नम्बर–३ मा डेंगीका सबैभन्दा बढी बिरामी भेटिएका छन् । जहाँ तीन हजार ९२९ जना प्रभावित बनेका छन् । गन्डकी प्रदेशमा एक हजार ९६४ जनामा यसको संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश नम्बर–१ मा ९५६ जनामा डेंगीको संक्रमण देखिएको छ । यो गएको साउन १ देखि असोज १ गतेसम्मको तथ्यांक हो ।

हालसम्म ७२ जिल्लामा देखिइसकेको डेंगीका कारण ६ जनाको मृत्यु भइसकेको जनाइएको छ ।