 
	    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरु गदै हुनुहुन्छ ।
संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने कार्यक्रम रहेको छ । सरकारले आजबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दैछ। यो चरणमा शिक्षक, सवारी चालक र सहचालकलाई समेतलाई कोरोनाको खोप दिदै छ ।
यसअघि ५५ वर्ष सबै नागरिकलाई खोप लगाउने निर्णय गरिएपछि खोप अपुग भएकाले ६५ वर्ष माथिका नागरिकलाई मात्र खोप लगाउने निर्णय गरिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ ।
सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यसअघिको माघ १४ गतेदेखि शुरु भएको पहिलो चरण फ्रन्टलाइनमा काम गर्ने ४ लाख २० हजार भन्दा बढीले कोरोनाको पहिलो डोज लगाइसकेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्