
काठमाडौं, भदौ ३० । जागरण अभियानका क्रममा जनताको घरदैलो पुगेका कांग्रेस नेताहरुलाई पार्टीभित्र एकता कायम गर्न स्थानीयले सुझाव दिइरहेका छन् ।
भौगोलिक रुपमा सुगम मानिएको काठमाडौं उत्यकामा पनि एकै खालको जागरण अभियान सञ्चालन गर्दा केही कठिनाई भोग्नु परेको जिल्ला सभापतिहरु बताउँछन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अहिले देशभर चलिरहेको छ । प्रथम चरणको जागरण अभियानबाट उत्साहित बनेको कांग्रेसले दोस्रो चरणको जागरण अभियानलाई प्रदेश तहसम्म बिस्तार गरेको छ । दुर्गमदेखि सुगम मानिएका जिल्लामा समेत एकै खालको अभियान सञ्चालन गर्दा सन्देश प्रवाहमा भने समस्या आएको बुझाई अभियानमा संलग्नहरुको छ ।
काठमाडौं उपत्यकाका घरघरमा पुगेर गरिने जागरणभन्दा प्रविधिको प्रयोग गरेर गरिने जागरण बढी प्रभावकारी हुन सक्छ । तर, पार्टीले एकैखालको अभियान सञ्चालनका लागि परिपत्र गरेपछि काठमाडौं उपत्यकामा पनि सोही प्रकृतिको अभियान चलिरहेको छ । घर घरमा जाने र कांग्रेसले अहिले लिएको नीतिबारे नागरिकलाई सुसूचित गर्ने काम भइरहेको बताउँछन् उपत्याकाका कांग्रेस जिल्ला सभापतिहरु ।
जागरण अभियानमा अघिल्लो पटकभन्दा अहिले शीर्ष तहमै आन्तरिक विवाद केही कम देखिएको छ । तर भ्रातृ संस्था तरुण दलमा देखिएको विवादले भने जागरण अभियानमा हिंड्नेहरुलाई गिज्याइरहेको छ । कतिपय ठाउँमा पार्टीमा एकता कायम गर्न नसक्नेले जनतालाई कसरी एक गरेर मुलुकको नेतृत्व गर्छ भनेर प्रश्न गरिरहेका छन् ।
उपत्यकाका कांग्रेसका सभापतिहरु आफूलेहरुले नागरिकलाई धेरे सुनाउनेभन्दा पनि जनताको कुरा सुन्ने अभियानका रुपमा यो चरण चलेकाकाले जनताको चाहाना पार्टीमा एकता कायय होस् भन्ने रहेको बताउँछन् ।
अघिल्लो चरणमा आन्तरिक द्वन्द्वमा शीर्ष नेताहरु नै सार्वजनिक रुपमै आमनेसामने बनेका थिए । तर दोस्रो चरणमा नेतृत्व तहमै त्यो विवाद नदेखिए पनि छायाँ पार्टीका रुपमा देखिएका भातृ संस्था तरुण दलको अनुशासनहिन व्यवहारले जागरणमा हिंड्नेहरुलाई नागरिकले सोध्ने प्रश्नमा फेरि एक पटक जवाफ दिन नसक्ने बनाइदिएको छ ।
प्रतिक्रिया दिनुहोस्