१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बहालमा बस्नेसँग निर्धारितभन्दा बढी विद्युत महसुल उठाए घरधनीलाई कारवाही !


78
Shares

काठमाडौं, भदौ ३० । नेपाल विद्युत प्राधिकरणले घर बहालमा बस्ने व्यक्तिसँग बिजुलीको पैसा धेरै उठाउने घरधनीलाई कारबाही गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा डेरा लिएर बस्नेहरुले घरबेटीले बिजुलीको पैसा प्राधिकरणले तोकेको महसुल दरभन्दा बढी लिएको गुनासो गरेपछि प्राधिकरणले यस्तो कदम चाल्ने तयारी गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकेको महसुल दरभन्दा धेरै असुल्ने घरधनीलाई कारवाही गर्ने बताएका हुन् ।

प्राधिकरणले तोकेको महसुलभन्दा धेरै रकम लिएको पाइए तुरुन्तै कारवाही गर्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले प्राधिकरणले तोकेभन्दा धेरै महसुल उठाउने घरधनीविरुद्ध उजुरी गर्न डेरावाललाई अनुरोध गरे । –नागरिक दैनिकबाट