Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कांग्रेस जसपा र हामी मिल्दा भारत र चीनलाई कम्फर्टेबलः दाहाल


65
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र आफूहरु मिल्दा भारतलाई कम्पर्टेबल हुने बताउनु भएको छ ।

अध्यक्ष दाहलले शुक्रबार राति एक टेलिभिजनसँगको अन्तर्वातामा कांग्रेस, जसपा र आफूहरु सम्मिलत तीन दल मिलेर नयाँ सरकार बनाउँदा भारतका लागि सबैभन्दा राम्रो हुने बताउनु भएको हो ।

‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल अवस्था हो’, अन्तर्वाताका क्रममा दाहालले भन्नुभयोे,’ हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उतिकै कम्फर्टेबल हुन आउँछ ।’

अध्यक्ष दाहालले भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेकाले भारतसँगको सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व नै नहुने जिकिर गर्नुभयो ।

त्यसैले यहाँ स्थायित्वका लागि पनि कांग्रेस, जसपा र आफूहरु मिल्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनु भयो ।

‘सबै कारणले भारतसँग राम्रो सम्बन्ध र समझदारी नबनाइ नेपालमा स्थायित्व र विकास हुँदैन, उहाँले थप्नुभयोे, ‘यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावनालाई अघि बढाएर लैजानुपर्छ भनेर मैले भनेको छु’, नेकपाका अध्यक्ष दाहालले भन्नुभयो ।

अन्तार्वाताका क्रममा दाहालले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको एकता हुनै नसक्ने दावी गर्नुभयो । राजधानी