Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


बर्दियामा १४ वर्षीय किशोरले गरे एकै दिन चार बालिकालाई बलात्कार


0
Shares

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि बालिका बलात्कार भएको पत्ता लागेको हो ।

ती किशोरले भाँडाकुटी खेलिरहेका ८, ६ र ५ ५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ।

आरोपित किशोर बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए। उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए। तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो। उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए।

किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खुट्टा बाँधेर पालैपालो बलात्कार गरेका थिए । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन।

प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

Skip This