Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


एमसीसी संसदबाट पास हुन्छ : खनाल


26
Shares

काठमाडौं । नेकपाका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताउनु भएको छ ।

एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट अगाडी बढने खनालले बताउनु भएको हो ।

इमेज एफएमसँग कुरा गदै नेता खनालले भन्नुभयो ”एमसीसीमा हामीले केही कमीकमजोरी देखेका छौ, त्यसलाई नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन गर्नेछौ।”

उहाँले अमेरिकामा ट्रम्पको सरकार ढलेपछि बाइडेनको सरकार आएसँगै एमसीसीमा पहिलेको भन्दा तुलनात्मक रुपमा परिमार्जन गरेर अगाडी बढ्ने बताउनुभयो ।

साथै उहाँले केपी शर्मा ओलीसँग नेकपाको एकता संभावना नभएको बताउदै खनालले पार्टीका अन्य सदस्यका लागि एकताका लागि ढोका खुल्ला गरिएको बताउनुभयो । उहाँले पार्टी सदस्यलाई एकताका लागि आउन आवहन पनि गर्नुभयो ।

एक अर्को प्रसंगमा नेता खनालले भावि राष्ट्रपतिका लागि साथीहरुले जिम्मेवारी दिए पछि नहट्ने बताउनुभयो । उहाँले भन्नुभयो ”म पदका पछाडि लाग्दिन, तर साथीहरुले विश्वास गरेर जिम्मेवारी दिए सम्हाल्न तयार छु ।”

त्यस्तै उहाँले लोकतान्त्रिक दलहरु सबै एकताबद्ध भएर जानुपर्ने भन्दै सबै दलसँग एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुयो ।