२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


धरहराको ‘२६ प्रतिशत’ भौतिक प्रगति


0
Shares

काठमाडौं, भदौ २६ । ऐतिहासिक धरहरा पुनःनिर्माणको समग्रमा २६ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

बिहीबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा भएको निर्माण समीक्षा कार्यक्रममा निर्माण कम्पनी जीआइइटीसी–रमन जेभीका ‘कन्ट्रयाक्टर रेप्रिजेन्टेटिभ’ रमन महतोले उक्त जानकारी दिएका हुन् ।

तथापि, आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७.५ प्रतिशत प्रगति भएको कम्पनीको दाबी छ ।

धरहरा पुनःनिर्माणकाक्रममा हाल धरहरा ‘टावर’को पहिलो ‘बेसमेन्ट’को ‘क्रंक्रिटिङ’ गर्ने कार्य सम्पन्न भइ ‘बिम स्लाब’ उठाउने कार्य सुरु भएको जनाइएको छ ।