Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


६ किलो अफिमसहित एकजना पक्राउ


0
Shares

काठमाडौं, फागुन ६ । दाङमा प्रहरीले ६ किलो बढी लागू पदार्थ (अफिम) सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका ५ का ३८ वर्षीय प्रकाश घर्ती रहेका छन ।

घर्तीले बोकेको झोला खानतलासी गर्दा ८ वटा पोका बनाइ राखेको अवस्थामा ६ किलो २३९ ग्राम अफिम बरामद गरिएको हो ।

अफिम रोल्पाबाट दाङतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१९ दुइ खोलीबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।