Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन’


0
Shares

काठमाडौं । कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्।

यसको सट्टा गर्भवतीले कोभिड १९ बिरुद्धको खोप लगाउन पाउँदैनन्। कुनै महिलाले पहिलो डोज खोप लिएका दोस्रो डोज लिनु अघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बंचित हुने हुनाले नलागउन सुझाएको हो। ‘ बिकसित देशमा बच्चा जन्माउने योजना हुन्छ, नेपालमा त्यो नहुने हुनाले सन्तान जन्माइहाल्ने दम्पत्तिको हकमा यस्तो सन्देश दिएको हो,’ डा. पोखरेलले भने।

कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार यो खोप गर्भवती, सुत्केरी र १८ वर्ष मुनिकाहरूको लागि कति सुरक्षित छ भन्ने विषयमा अध्ययन नभइसकेकोले गर्भवतीले नलाउनु भनिएको हो। ‘ प्रजनन प्रक्रियासँग यो खोपको कुनै सम्बन्ध छैन, गर्भवतीले नलागाउनु भनेको गर्भवतीमा कति सुरक्षित छ भनेर अध्ययन नभइसकेकोले हो,’ उनले भने।

खोपबारे फैलिएको भ्रम तथा अन्य कारणले दुई चरणमा चलेको खोप अभियानमा लक्षित संख्या भन्दा २० प्रतिशत कमले खोप लिएको महाशाखाको भनाइ छ। सरकारले दुई चरणमा गरी ४ लाख ८५ हजारलाई खोप दिने लक्ष्य लिएकोमा दोप अभियानमा जम्मा २ लाखले मात्र खोप लिएका छन्।

कोभिड १९ विरुद्धको खोप पहिलो डोज लगाएको ८ हप्तापछि १२ हप्तापछि दिएमा खोपको प्रभावकारी देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो खोपको असर पाका उमेरकाहरूको तुलनामा युवाहरूमा बढी देखिएको पाइएको छ। यो खोपमा जीवित भाइरस नभएर मृतक प्रोटिन मात्र राखिएको र त्यसले शरीरमा एन्टिबडी बनाउने काम गर्छ।  

नेपालमा कोभिड १९ विरुद्धको खोप अभियान चलिरहेको बेला खोप बारे चलेको हल्लाको पछि नलाग्न सोमबार स्वास्थ्य विज्ञहरूले सचेत हुन आग्रहसमेत गरे। नागरिक