Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


तोकिएको भन्दा तीन गुणा बढी मूल्यमा औषधीको बिक्री


0
Shares

बाग्लुङ । बाग्लुङ बजारमा सञ्चालित केही औषधी पसलहरुले तोकिएको भन्दा तीन गुणा बढी मूल्यमा औषधीको बिक्री गर्ने गरेको खुलासा भएको छ ।

बाग्लुङ नगर अनुगमन समितिको संयोजनमा बजारमा गरिएको अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा २० देखि ३० प्रतिशतसम्म बढी मुल्यमा औषधी बेच्ने गरेको बिलहरु भेटिएका छन् ।

औषधी पसलेहरुले भने तोकेको मूल्यमा नै औषधीको बिक्री वितरण गर्दै आएको दाबी गरेका छन् । औषधी पसालसँगै सञ्चालन गरिएका क्लिनिक बिना इजाजत सञ्चालन गरेको पाइएको छ ।

केही स्वास्थकर्मीले औषधी पसल सञ्चालन गर्ने इजाजत पत्र दक्षता नभएका व्यक्तिलाई औषधी पसल सञ्चालन गर्न दिएको पाइएकोले तत्काल सुधार नगरे आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने बागलुङ नगर अनुगमन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताए ।

कानुन विपरित सञ्चालनमा रहेका क्लिनिक तथा औषधी पसलहरु कानुन अनुसार सञ्चालन गर्नुपर्ने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताए । समितिले दुई दिनमा बजारका २ दर्जनभन्दा औषधी पसल अनुगन गरेको थियो ।