Logo ३ आश्विन २०८२, शुक्रबार | Sat Sep 20 2025


खोटाङको पंखुखोला मोटरेवल पुल निर्माण अलपत्र पारेर ठेकेदार फरार


13
Shares

दिवस रिजाल

राष्ट्रिय गौरवको आयोजना मानिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल चखेवा भञ्ज्याँङ खण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामिडाँडा जोड्ने पंखुखोलाको मोटरेवल पुल अलपत्र भएको छ । निर्माण कार्य सुरु गरेको साढे पाँच वर्ष पुग्दासमेत ठेकेदार कम्पनीले दाँया बाँया दुईवटा पिलर मात्र उठाएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् ।

स्थानिय दिलचक्र राईले वर्षामा पानी बढी आउने भएकाले मान्छेलाई बोकेर खोला तार्नुपर्ने बाध्यता भएको उहाँको गुनासो छ। ठेकेदारको लापरवाहीका कारणले निमार्ण सम्मपन्न नभएको बताउनुभयो । पुल नबन्दा आवतजावतमा समस्या भएको उनले बताउनुभयो ।

सडक विभागको २ करोड २९ लाख रुपैयाँको लागतमा ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले २०७५ साल असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको थियो । १५ मिटर लम्बाईको मोटरेवल पुल २०७२ साल असोज ७ गते ठेक्का सम्झौता गरेर २०७५.साल असार मसान्तभित्रै उक्त पुलको निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भएको वडाध्यक्ष लीला चौहानको भनाइ छ ।उहाँले मटरेबल बनेर ढुक्क भएर बसेका भएपनि ठेकेदारले चासो नदिदा काम अलपत्र परेको बताउनुभयो ।

म्याद गुज्रिसक्दा समेत उक्त पुलको भौतिक प्रगति करिव ४० प्रतिशत मात्र रहेको सडक विभागले जानकारी दिएकोे छ । सम्झौता अवधिभित्र ठकेदारले पुलको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि दुईपटक म्याद थप गरिसकेको छ ।

अन्तिमपटक थप गरिएको म्याद २०७७ साल असारमै सकिए पनि ठेकेदार कम्पनीले काम अगाडि नबढाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर वीणादेवी राई बताउनु हुन्छ । २०७५ सालमा काम सक्नुपर्ने, धेरै ताकेता गरेपछि काम सुरु गरेको जस्तो गरेपनि काम नगरेको उहाँको भनाई छ ।

अलपत्र अवस्थामा निर्माण कार्य छोडेको ठेकेदार कम्पनीलाई सडक विभागले यस अघिनै कारबाहीको प्रकृयामा लगिने चेतावनी दिँदासमेत हालसम्म कुनै चासो दिएको छैन । दिक्तेल– भोजपुर जोड्ने छोटो दुरीमा पर्ने पंखुखोलामा पुल निर्माणमा ढिलासुस्ती हुँदा दिक्तेल चखेवाभञ्ज्याङ भोजपुर सडक खण्डमा आवतजावतमा समस्या भएको छ ।