
काठमाडौं, भदौ १८ । पछिल्लो समय महिलाहरुमा ‘ओभरियन’ क्यान्सर बढ्दै गएको चिकित्सकहरुले दाबी गरेका छन् ।
ओभरियन क्यान्सर जनचेतना महिनाको अवसरमा बुधबार राजधानीमा गरिएको कार्यक्रममा सहभागी चिकित्सकहरुले ओभरियन क्यान्सर महिलाहरुमा हुने चौथो क्यान्सर भएको बताए ।
क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाइँले १० प्रतिशत वंशाणुगत कारणले लाग्ने ओभरियन क्यान्सरको कुनै लक्षण देखा नपर्ने भन्दै यसबाट महिलाहरु बढी प्रभावित हुने बताइन् ।
पेट फुल्ने, पिसाब राम्रो नहुनेजस्ता समस्यालाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो ।
कार्यक्रममा क्यान्सर रोगबाट मुक्त भएकी अभिनेत्री मनीषा कोइरालाले स्वस्थ जीवनका लागि सबैले ध्यान पुर्याउनुपर्ने बताइन् ।
उनले सकारात्मक सोचाइ राख्ने र क्यान्सर लाग्दैमा मरिन्छ भन्ने सोच्न नहुने बताइन् ।
गएको तीन वर्षयता नेपालमा सेप्टेम्बर महिनाभरि ओभरियन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्