१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इलाम अस्पतालमा बिरामीको चाप बढ्यो


0
Shares

इलाम । इलाम सदरमुकाममा रहेको इलाम अस्पतालमा बिरामीको चाप वढेको छ ।

सामान्य रुघाखोकी र भाइरल ज्वरोका बिरामी वढेपछि अस्पतालमा सेवाग्राहीको चाप वढेको हो ।

बिरामीको संख्या बढेपछि सेवा लिन आएकाहरुलाई समस्या भएको छ । इलाममा एउटा मात्र अस्पताल भएकाले बिरामीको चाप बढेको हो ।

५० सैया मात्र भएको यस अस्पतालमा एक साता यता दैनिक एक सयभन्दा वढी बिरामी आउने गरेका छन् ।

बिरामीको संख्या बढेपछि उपचारमा पनि समस्या भएको अस्पतालले जानकारी दिएको छ ।

विशेष गरेर रुघाखोकी र ज्वरोका बिरामी बढेको चिकित्सक दिपिका रिजालले जानकारी दिए  ।

बिरामी बढेपछि सामान्य रोगको उपचारका लागि पनि बाहिर जान पर्ने समस्या बढेको छ ।