Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


आजबाट पार्टीको आधिकारिता टुङ्गो लाग्यो– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आधिकारिताको टुङ्गो लागेको बताउनुभएको छ ।

नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘आजदेखि कुन पार्टी आधिकारिक भनिरहनु पर्दैन, अब यो सभा हेरि सकेपछि स्वतः आधिकारिकताको टुङ्गो लागिसक्यो ।’

बिहीबार दाहाल–नेपाल समूहले गरेको नेपाल बन्दका कारण आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरु हिंसा गर्नुहुन्छ, हामी जनताको साथमा छौं, त्यसैले क्षतिपूर्ति दिन्छौं ।’

साथै उहाँले आज भएको जनसभा इतिहासकै सबैभन्दा ठूलो सभा भएको बताउनुभयो । उहाँले अहिलेसम्म यति ठूलो जनसभा कहिल्यै नभएको बताउँदै साथका लागि सहभागी सबैलाई धन्यवाद दिनुभयो ।