३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


जिल्ला ईन्चार्ज वाग्लेको शव पोष्टमार्टमका लागि धरान लगियो


0
Shares

सर्लाही, माघ २२ । सर्लाहीमा नेकपाको दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज डाचाराज वाग्लेको शव पोष्टमार्टमका लागि धरान लगिएको छ ।

वाग्लेको मृत्युको शंकास्पद देखिएकोले शव पोष्टमार्टमका लागि लगिएको जनाइएको छ ।

बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा गए राति ९ बजे लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरीले वाग्लेलाई प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

अस्पतालमा पुर्‍याएको केही समयपछि पार्टीले घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानबीनको माग गरेको थियो ।