
हेटौंडा । हेटौंडामा गत साउनदेखि अहिलेसम्म ५ सय ३८ जनाको डेंगी रोग उपचार गरिएको छ ।
चुरेहिल अस्पतालमा ६८ जना , मकवानपुर सहकारी अस्पतालमा १५० जना , हेटौंडा सिटी हस्पिटलमा १५ जना र हेटौंडा अस्पतालमा करिब ३०५ जनाको उपचार भएको हो ।
गत दुई दिन अघिबाट भने हेटौंडा अस्पतालमा डेंगु प्रभावित १५० जना उपचारको लागि आएकोमा केही काठमाडौं र भरतपुरतर्फ गएको र केही हेटौंडाका अन्य अस्पतालमा उपचारका लागी भर्ना भएका छ्न ।
हेटौंडा अस्पतालमा डेंगु प्रभावितको निशुल्क ल्याब परिक्षण गरिएको छ भने अन्य अस्पतालमा ल्याब परिक्षण गर्न एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि प्रत्येक वडा समिति , सामाजिक संघ संस्था, आमासमुह मार्फत सचेतना गराउने काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्