
फाइल फोटो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा अज्ञात समूहले बसमा ढुङ्गा प्रहार गरेको छ ।
काठमाडौंबाट जाँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा भ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । बसका रहेका यात्रु भने सकुशल रहेको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पु¥याउने कार्य गरिरहेको छ ।
बजार क्षेत्रलगायत पूर्व–पश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्