Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सभामुख र मेरो समान हैसियत हो– अध्यक्ष तिमिल्सिना


0
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख र राष्ट्रिय सभा अध्यक्ष समान हैसियत भएको बताउनुभएको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेपछि राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले विरोध गर्दै आफूहरूको हैसियत समान भएको बताउनुभयो ।

‘संसदीय सुनुवाइ समिति संयुक्त भएकाले हामी बराबरी हो’ उहाँले भन्नुभयो, ‘सभामुखले एकल संसद झैँ गरी परामर्शविना फिर्ता गर्नुभएकाले विरोध गरेको हुँ ।’

फिर्ता पठाउनुपरे वा सदर गर्नुपरेको अवस्थामा राष्ट्रियसभा अध्यक्षसँग परामर्श गर्नुपर्नेमा त्यस्तो नभएको उहाँले उल्लेख गर्नुभयो । संवैधानिक नियुक्तिमा सिफारिस भएकाहरूको ३५ दिनभित्र संसदीय सुनुवाइ हुनु्पर्ने प्रावधान छ ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा त्यसमा संसदीय सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सोमबार उक्त पत्रको सक्कल प्रति नै संवैधानिक परिषदमा फिर्ता पठाइदिनुभएको थियो ।