Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश २ ले रुख काट्न नदिने


0
Shares

काठमाडौं । प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ ।

विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने उसको तयारी छ ।

प्रदेशमा बनक्षेत्र ४० प्रतिशत पुर्‍याउने घोषणा गरिएकामा रुख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निष्कर्ष निकालेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश यादवले बताए ।

‘निजगढको सट्टा विमानस्थलका लागि प्रदेशभित्रैको खाली जमिन प्रयोग हुनुपर्छ भनेर छिट्टै मन्त्रीपरिषद् बैठकमा निर्णय गराउँदै छौं, निजगढमा लाखौं रुख काट्न दिंदैनौं’, रायले सर्लाहीबाट भने, ‘संघीय सरकारले हामीसँग समन्वय नगरी भटाभट गरेको निर्णयप्रति हाम्रो असहमति छ । हामीसँग समन्वय नगरी गरेका निर्णय कार्यान्वयन गर्न पनि दिंदैनौं ।’ -कान्तिपुर दैनिकबाट