Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


डेढ लाख नेपालीभाषी नागरिकता सूचीमा अटेनन्


0
Shares

गुवावटी । भारतको असम राज्यमा राष्ट्रिय नागरिकता दर्ता(एनआरसी, रानाद)को अन्तिम सूचीमा झन्डै डेढ लाख नेपालीभाषीको नाम छुटेको छ । 

रानाद सूचीमा नाम भएका ब्यक्ति भारतीय मानिनेछन् भने यसमा नाम नभएका विदेशी मानिनेछन् । 

नाम छुटाएको विरोधमा असम राज्यमा विरोध हुन थालेको छ । राज्यका विभिन्न ठाउँमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । 

मुख्यमन्त्री सर्वानन्द सोनोवालले नाम छुटेका ब्यक्तिले फरेन ट्रिब्युनल कोर्टमा पुनरावेदन गर्न पाउने छन् । एजेन्सी/अन्नपूर्णपोष्ट दैनिक