Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


सरकारका कारण लोकतान्त्रिक व्यवस्थामाथि वितृष्णा बढ्दै : कांग्रेस


0
Shares

काठमाडौं, भदौ १३ । कांग्रेसले सरकारका कारण लोकतान्त्रिक व्यवस्थामाथि वितृष्णा फैलने क्रम बढेको टिप्पणी गरेको छ ।

उसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतालाई अवमूल्यन गरेको आरोप सरकारमाथि लगाएको छ ।

केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावको सुरुमै सरकार संविधानको मर्म र मान्यतालाई उल्लंघन गर्ने क्रियाकलापमा लागेको उल्लेख गरिएको छ ।

‘सरकारको असफलता र कमजोरीलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीका रुपमा चित्रण गर्ने सुनियोजित क्रियाकलापप्रति समयमै सचेत हुनुपर्छ,’ प्रस्तावमा भनिएको छ ।

सरकारले स्वतन्त्रतामाथि बन्देज लगाउने कानुन ल्याउन खोजेको, धार्मिक, सांस्कृतिक संरचनालाई ध्वस्त पार्ने कोसिस गरेको लगायत उदाहरण दिँदै कांग्रेसले प्रस्तावमा परराष्ट्र सम्बन्धहरुमा पनि नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थको सशक्त प्रतिनिधित्व गर्न नसकेको उल्लेख गरेको छ । –कान्तिपुर दैनिकबाट