२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


महिला लिग फुटबलमा चन्द्रपुरको सनसनीपूर्ण प्रदर्शन


0
Shares

काठमाडौं, माघ १२ । मोफसलको टिम रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा सनसनीपूर्ण प्रदर्शन गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

सबिता राना मगरले ह्याट्रिक गरेको खेलमा चन्द्रपुरका लागि दिल कुमारी राना मगरले दुई तथा रजनी थोकर र सुनिता भोलानले एक एक गोल गरिन् ।

चौदण्डीकी अन्जना थुलुङले सान्त्वना गोल फर्काइन् ।

यसअघि पहिलो खेलमा चन्द्रपुर सशस्त्र प्रहरीको एपिएफसँग ६-० ले पराजित भएको थियो ।

पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६-० ले पराजित भएको चौदण्डीको यो लगातार दोस्रो हार हो ।