३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


गाजामा आईएसको आत्मघाती हमला, तीन प्रहरीको मृत्यु


0
Shares

जेरुसेलम, भदौ ११ । मध्यपूर्वस्थित गाजामा इस्लामिक अतिवादी संगठन ‘आईएस’ले शृंखलाबद्ध आत्मघाती बम बिस्फोट गराउँदा ३ जना प्यालेस्टाइनी प्रहरी अधिकृत मारिएका छन् ।

गाजालाई नियन्त्रणमा लिन प्यालेस्टाइनले हमासमाथि गरेको कारबाहीको बदला स्वरुप इस्लामिक अतिवादी संगठन आईएसले आक्रमण गरेको हुन सक्ने आंकलन त्यहाँका अधिकारीहरुले गरेका छन् । आक्रमणमा थुप्रै्र घाइते भएका छन् ।

पहिलो बिस्फोट गाजामा रहेको दुईवटा प्रहरी चौकीलाई लक्षित गरी एकैचोटी गराइएको हो भने दोस्रो बिस्फोट एक घण्टापछि पुनः सोही चौकीहरुमा गराईएको बताइएको छ । घटना लगत्तै सो क्षेत्रमा आपतकाल घोषणा गरिएको छ । 

विस्फोटका कारण प्रहरी चौकीहरु पूर्णरुपमा ध्वस्त भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)