२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कामचलाउ प्रधानमन्त्रीले सीमा नाघेर मन्त्रीहरु नियुक्त गरे: पूर्व प्रधानन्यायधीश केसी(भिडियो)


0
Shares

काठमाडौं । पूर्व प्रधानन्यायधीश बलराम केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाघेर मन्त्रीहरुको नियुक्ति गरेको बताउनु भएको छ ।

कामचलाउ प्रधानमन्त्रीले ‘केयरटेकर’को लक्ष्मणरेखा नाघेर मन्त्रीहरु नियुक्त गरेको उहाँले आरोप लगाउनुभयो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओलीले आठ जना नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको थियो ।

‘केयरटेकर’ प्रधानमन्त्रीले महत्वपूर्ण निर्णय गर्न नहुने केसीको भनाई छ । इमेज टेलिभिजनको फरकधारसँग कुरा गर्दै उहाँले अहिलेको विपक्षी दलको कुनै भूमिका नभएको दावी गर्नुभयो ।

चारजना प्रधानन्यायाधीशले स्टेटमेण्ट निकाल्नु वाक स्वतन्त्रता भएको उहाँको तर्क छ । उहाँसँग गरिएको कुराकानी सुनौं ।