Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


‘माधव नेपाल छिट्टै जेल जान्छन्’


0
Shares

काठमाडौं । नेकपा (ओली समूह) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले नेकपा (दाहाल नेपाल) समूहका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन् ।

बझाङमा मंगलबार आयोजित ओली समूहको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको सपथ ग्रहण कार्यक्रम सम्बोधनका क्रममा बालुवाटारस्थ्ति ललिता निवास जग्गा प्रकरणको प्रसंग कोट्याउँदै उनले यस्तो बताएका हु्न् । ‘हेर्नुहोला माधव नेपाल छिट्टै जेल जानेवाला छन्’, उनले भने, ‘त्यही काम गरेका दीप बस्न्यात जेल जाने गच्छदार दोषी हुने अनि माधव नेपाल किन नजाने ?’

तत्कालीन समयमा ललिता निवास व्यक्तिका नाममा दर्ता गर्न बस्न्यातले उठाएको टिप्पणीमा तत्कालीन प्रधानमन्त्री नेपालसँग पटक पटक छलफल गरिएको कुरा लिखित रुपमै उल्लेख भएकाले नेपाल उक्त प्रकरणमा मुख्य दोषी रहेको उनको भनाइ थियो । ‘त्यो लिखित आवश्यक परे जनतालाई बाँड्न तयार छौं’ उनले भने । कान्तिपुर