४ असार २०८२, बुधबार | Wed Jun 18 2025


अस्ट्रेलियालाई हराउँदै भारतले जित्यो टेस्ट सिरिज, वरियतामा पनि एक स्थान माथि


0
Shares

एजेन्सी । अस्ट्रेलियामा भएको भारत र अस्ट्रेलियाबीचको टेस्ट सिरिज भारतले २–१ जितेको छ । भारतले चौथो तथा अन्तिम टेस्टमा अस्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै टेस्ट सिरिज आफ्नो नाममा गरेको हो ।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ८९ र सुबमन गिलले ९१ रन बनाएका थिए । पन्त र गिलको अलावा चैतेश्वर पुजाराले ५६ रन बनाएका थिए । अस्ट्रेलियाले दिएको ३ सय २८ रनको लक्ष्य पूरा गर्दै गाबा मैदानमा भारतले सबैभन्दा बढी रन चेज गरेको रेकर्ड पनि आफ्नो नाममा बनाएको छ ।

गाबा मैदानमा यसअघि ३ सय २८ रन कुनै पछि टेस्ट टीमले पछ्याउन सकेको थिएन । अस्ट्रेलियाले ३३ वर्षदेखि गाबा मैदानमा कुनै पनि टेस्ट खेल हारेको थिएन ।

चार खेल मध्ये पहिलो खेलमा अस्ट्रेलियाले जितेको थियो भने दोश्रो खेल भारतको पोल्टामा गएको थियो । तेश्रो खेल बराबरी भएको थियो ।

टेस्ट खेलको जितसँगै भारत टेस्त वरियताको दोश्रो स्थानमा चढेको छ । यसअघि तेस्रो स्थानमा रहेको भारत अस्ट्रेलियालाई पराजित गरेसँगै वरियतामा एक स्थानमा माथि उक्लिएको हो । यसअघि विश्व टेस्ट क्रिकेट वरियताको दोस्रो स्थानमा अस्ट्रेलिया थियो । अब अस्ट्रेलियो तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा भने न्यूजिल्याण्ड थथावत छ ।