
काठमाडौं, पुस २९ । निर्यात व्यवसायीहरुले कोभिडकै बीच पनि निर्यात व्यवसाय भने सकरात्मक दिशामा रहेको बताएका छन् ।
महामारीका बिच आयात खुम्चिदा निर्यातमा बृद्धि भएको देखिएको छ ।
कोभिड महामारीकै बिचमा पनि स्वदेशी उत्पादनमा वृद्धि हुँदा निर्यातमा पनि सुधार भएको व्यवसायीले बताएका हुन् ।
बुधवार काठमाडौंमा अमेरिकका लागि नवनियुक्त राजदुत डा. युवराज खतिवडालाई बधाई तथा शुभकामना दिदै निर्यात व्यवसायीले नेपाली बस्तुको प्रवद्र्धनमा जोड दिन आग्रह गरेका छन् ।
नेपाली उत्पादनको ठुलो संभावना भएको अमेरिकी बजारमा १ खर्ब वार्षीक व्यापार भईरहेको अवस्थामा आगामी ५ वर्षमा ५ खर्ब पु¥याउन उनिहरुले आग्रह गरे ।
नवनियुक्त राजदुत डा. खतिवडाले निर्यात प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डा. खतिवडाले बैंक ब्याजदर पनि स्थिर रहेको भन्दै बैंकिङ क्षेत्रबाट व्यवसायबाट निर्यात व्यवसायले फाईदा उठाउन सक्नुपर्ने बताउनुभयो ।
बजारको विकासमा जीटुजी र बिटुबी सम्झौताबाट भएपनि सहयोग गर्ने बताउनुभयो ।
निर्यात व्यवसायीले वाणिज्य मन्त्रालय र परराष्ट्र मन्त्रालय बिच समन्वयन नहुँदा समस्या भईरहेको गुनासो गरेका थिए ।
अमेरीकामा हाल हस्तकलाका सामान, कार्पेट, टेक्टाईल, छुर्पी, फेल्ट स्कार्फ लगायतका वस्तु निर्यात हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्