Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कांग्रेसले माग्यो कश्मिर विवादबारे सरकारको धारणा


0
Shares

काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतको कश्मिर विवादबारे धारणा सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसदहरुले नेपाल–भारत संयुक्त आयोगको बैठकमा पनि सरकारले प्रभावकारीरुपमा नेपालको हितअनुकूल कुरा राख्न नसकेको आरोप लगाए ।

भारतलाई किनारा लगाएर उत्तरतर्फमात्र सम्बन्ध बनाउने काममा सरकार लागेको भन्दै कांग्रेस सांसद जीतेन्द्रनारायण देवले ‘नेपालले १९५० को सन्धि पुनरावलोकन प्रस्ताव किन राख्न सकेन ?’ भने ।

बैठकमा सत्तारुढ दलका सांसदहरुले भने बाढी–पहिरो क्षेत्रमा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकले वन तथा वातावरण संरक्षणसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सक्दै संशोधन दर्ताका लागि समय उपलब्ध गराएको छ ।