४ असार २०८२, बुधबार | Thu Jun 19 2025


ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द


0
Shares

Trump us president

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरेको हो । दुवै कम्पनीले आफ्नो कम्पनीको निती विपरित भएको भन्दै ट्रम्पको एकाउण्ट बन्द गरेको हो ।

फेसबुकले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नितिको उल्लघंन गरेका छन् जसका कारण उनको एकाउण्ट २४ घण्टाका लागि बन्द गरिएको छ यानेकि उनले कुनै पोष्ट गर्न पाउने छैनन् । ‘

ट्विटरले पनि वासिङ्गटन डिसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्विटस हटाउनु पर्ने देखिएको बताएको छ । ट्विटरले लेखेको छ, ‘ती ट्विटसले हाम्रो संस्थाको ‘सिविक इंटेग्रिटी पेलिसी’ उल्लघंन गर्छ ।’

ट्विटरले तीन ट्विटस नहटाए ट्रम्पको एकाउण्ट सधैका लागि लक हुने समेत चेतावनी दिएको छ ।

ट्रम्पका हिंस्रक समर्थकले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् । नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् ।