काठमाडौं । परराष्ट्रसचिवस्तरीय औपचारिक वार्ता भएको दुई महिनापछि नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक पनि बस्ने भएको छ । २ माघमा हुने आयोगको छैंटौं बैठकका लागि परराष्ट्रमन्त्री प्रदीय ज्ञवाली १ माघमा नयाँदिल्ली जाँदैं छन् ।
मंगलबार साँझसम्म नेपाल र भारत दुवैले बैठकको मिति सार्वजनिक गरेका छैनन् । तर, उच्च कूटनीतिक स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको तीन दिनको भ्रमणसमेत तय भइसकेको छ ।
गत वर्ष सुरुमा भारतले र पछि नेपालले जारी गरेको नयाँ नक्साबारे देखिएको दुई देशको विवादबीच आयोगको बैठक बस्ने तय भएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि दिल्ली जाने तय भएको बताए पनि मितिबारे केही बोलेका थिएनन् । आलोपालोे प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको हो । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्