Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


ओलीले हावादारी गफ गरेको तर काम गर्न नसकेको सत्य हो: रामकुमारी झाँक्री


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको प्रति पुन विरोध जनाउनुभएको छ । उहाँले संसद विघटन गर्ने असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि नपुग्ने बताउनु भएको हो ।

शनिबार ट्विट गर्दै झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचारीको संरक्षण गरेको सत्य भएको बताउनुभयो । ‘हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो’, उहाँले भन्नुभयो, ‘काम गर्न सकिन भनेर जाने संसदमा हो, संसद नै विघटन गर्ने ओली कदमको जति निन्दा गरेनी पुग्दैन ।’ संसद विघटन गर्ने कुनै अधिकार प्रधानमन्त्रीलाई नभएको उहाँको जिकिर छ ।