Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


प्रहरीले खरिद गरेको कपडा नै गुणस्तरहीन भएको पुष्टि


0
Shares

काठमाडौं । नेपाल प्रहरीको लत्ता कपडा खरिद स्वीकृत नमुनाभन्दाः फरक गरिएको पुष्टि भएको छ । नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा बीस हजार मीटर खरिद गर्दा स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको हो ।

प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यु्रो (सिआइबी)ले गरेको अनुसन्धानका क्रममा टेण्डरको क्रममा दिइएको नमुनाभन्दा कमसल कपडा ल्याएर भण्डारणमा दाखिला गरेको पुष्टि भएपछि त्यसका आपूर्तिकर्ता क्राउन टेक्सटाइलस इण्डष्ट्रिज प्रालिका सञ्चालक पिताम्बर मुन्का र प्रतिनिधि नरेन्द्र नाथ पौडेललाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

सिआइबी प्रमुख डीआइजी सहकुल थापाले प्रहरीले लगाउने कपडा गुणस्तरीहीन भएको गुनासो आएको र त्यसको अनुसन्धान गर्ने क्रममा उलन पाइण्टको कपडामा स्वीकृत नमुना नै फरक परेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए । नागरिक