Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नयाँ वर्षको पहिलो दिन ३ लाख ७१ हजार शिशुको जन्म


0
Shares

काठमाडौं । नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरि ३ लाख ७१ हजार ५०४ जना शिशु जन्मिएको युनिसेफले जनाएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कम्बोडियामा यसवर्षको पहिलो दिन ९७१ जना जन्मिएका छन् ।

अरु देशको तुलनमामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने आशा व्यक्त गरिएको छ ।

‘हजारौं नयाँ सुन्दर बालबालिकालाई स्वागत गर्न पाइएको छ, ‘यसले हामीलाई रामाञ्चित बनाएको छ, कम्बोडिायाका लागि युनिसेफका प्रतिनिधि फोरुघ’ फोयौजातले भने, ‘गतवर्ष सन् २०२० सबैका लागि चुनौतीपूर्ण वर्ष बनेको थियो त्यसमा पनि बालबालिकाका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोना भाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।’

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कलयाणका लागि कम्बोडियामा काम गरिरहेको वक्तव्यमार्फत जानकारी दिएको छ । राजधानी