२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


लक्ष्यभन्दा बढी राजस्व संकलन


0
Shares

महेन्द्रनगर, साउन ३२ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व वर्षेनि बढ्दै गएकोे छ ।

करशिक्षा, जनचेतनामूलक कार्यक्रम तथा बजार अनुगमन र कारबाहीलाई प्राथमिकता दिएकाले कार्यालयले वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७५/०७६ मा एक अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा ५५ करोड बढी अर्थात् दुई अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

यस्तै, २०७४/०७५ मा एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा २८ करोड ४६ लाख ४८ हजार बढी राजस्व संकलन गरेको थियो ।

कार्यालयको मिहिनेतले लक्ष्यभन्दा ५५ करोड बढी राजस्व संकलन गरिएको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए ।

उनले विभिन्नखाले कर नतिर्ने ३० ओटा व्यावसायिक फर्मलाईसमेत कारबाहीको दायरामा ल्याइएको पनि जानकारी दिए ।

कतिपय भारतीय नागरिकले नेपाली नागरिकको ‘प्यान नम्बर’ प्रयोग गरेर व्यवसाय सन्चालन गर्दै आएको र व्यवसाय घाटामा गएपछि व्यवसाय नै बन्द गर्ने परिपाटीले करदाताको अनुपातमा अझै राजस्व संकलन गर्न नसकिएको कार्यालयले जनाएको छ ।