
काठमाडौं, साउन २९ । औषधि तथा बिक्री प्रतिनिधिहरुले राज्यले आफूहरुको पेसालाई पहिचान नदिएको गुनासो गरेका छन् ।
बुधबार राजधानीमा सम्पन्न नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५०औं वार्षिकोत्सवमा संघले यस्तो गुनासो गरेको हो ।
संघका महासचिव अनुप पाण्डेले सरकारले आफूहरुको पेसालाई अवहेलना गर्दा धेरै युवाहरु विदेशिन बाध्य हुनुपरेको जिकिर गरे ।
यस पेसामा ६ हजार बढी शिक्षित युवा आवद्ध रहेको भन्दै पहिचान दिन सरकारलाई संघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्