१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


मनमोहन कार्डियोथोरासिकमा आगलागी, अस्पतालमा भागदौड (११ तस्वीर)


0
Shares

काठमाडौं, साउन २७ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको माथिल्लो तलामा सोमबार साँझ आगलागी भएको छ ।

माथिल्लो तलामा रहेको नर्सिङ प्रशासन प्रमुख विन्देश्वरी गुरुङको कार्यकक्षबाट आगलागी सुरु भएको बताइएको छ ।

आगलागीबाट सो तलामा रहेको प्रशासनकक्ष जलेर नस्ट भएको छ ।

अचानक आगलागी भएपछि सुरक्षागार्डलगायतले आगो नियन्त्रणको प्रयास गरेका थिए । पछि चारओटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी भएपछि अस्पतालमा भागदौड मच्चिएको थियो । तर, मानवीय क्षति भने भएको छैन । आगोलागीको कारण खुलिसकेको छैन ।