Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


कोदालोले हानेर किशोरको हत्या


0
Shares

स्याङ्जा । सामान्य विवादका क्रममा कोदालोले हान्दा किशोरको हत्या भएको छ ।

हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ।

अधिकांश समय मादक पदार्थको नसामा रहने रानाले सामान्य भनाभनमै थापालाई कोदालोले प्रहार गर्दा थापाको घटना स्थलमै मृत्यु भएको हो।

रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।