Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


व्यवसायीद्वारा ७ दिने अल्टिमेटमसहित आन्दोलन घोषणा


0
Shares

काठमाडौं । कोभिड–१९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरूले एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् । लकडाउन घोषणापछि पेशा, व्यवसाय धरासायी भएको र सेवामुलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न राज्य उदासिन भएको भन्दै ७ दिने अल्टिमेटमसहित आन्दोलनको घोषणा गरेका हुन् ।

सार्वजनिक यातायात व्यवसायी, पर्यटनसँग सम्बद्ध संगठन, निजी विद्यालय, पार्टी प्यालेस तथा क्याटरिङ, निर्माण सामाग्री व्यापार संघ, आयुर्वेद, सुनचाँदी, फर्निचर, काष्ठकला लगायतका व्यवसायसँग सम्बन्धित २२ संघसंस्थाले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् ।

कोभिडका कारण धरासायी बन्न पुगेका पेशा, व्यवसायको संरक्षणमा सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने, बन्द रहेका पेशा व्यवसायको सम्पूर्ण कर र जरिवाना मिनाहा गर्नुपर्ने, ऋणको ब्याज, घरभाडा छुट गर्न राज्यले व्यवस्था गर्नुपर्ने लगायतका माग सरकारसँग राखिएको संघर्ष समितिका संयोजक कर्णबहादुर शाहीले बताउनुभयो ।

संघर्ष समितिले माग पूरा नभए निजी क्षेत्रबाट सरकारलाई तिर्ने करको अवज्ञा गर्ने, सडक प्रदर्शन गर्ने तथा राष्ट्र बैंक, वित्तिय संस्था एवम् सिंहदरबार घेराउ गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छ ।