२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह


0
Shares

काठमाडौं, साउन २६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचालु नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचालु गर्न आग्रह गरेको छ । 

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।

सहप्रवक्ता घिमिरेले आफ्नो खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरे ।

समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्क्रिय तुल्याउने पनि उनले जानकारी दिए । आइतबार अपरान्हसम्मको तथ्यांक अनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन् ।