१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बाल यौनदुराचारमा संलग्न विदेशी पक्राउ


0
Shares

काठमाडौं, साउन ४ । महानगरीय अपराध महाशाखाले बाल यौनदुराचारमा संलग्न विदेशी नागरिकलाई शुक्रबार पक्राउ गरेको छ ।

महाशाखा टोलीले काठमाडौं बस्ने युवतीलाई फेसबुकमार्फत् साथी बनाइ आर्थिक प्रलोभन देखाउँदै यौनदुराचार गर्ने स्वीट्जरल्यान्डका ६६ वर्षीय पिटर क्रिस्चियन ल्याङगेनन्डोर्फलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले बताए ।

काठमाडौंको चुच्चेपाटीस्थित टिगर होटल र भक्तपुरका विभिन्न होटलमा बोलाइ उनले यौनदुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको जनाइएको छ ।

अभियुक्त पिटरले चुच्चेपाटीमा टिगर इन र भक्तपुरमा वेलकम हेरिटेज इन होटल साझेदारीमा सन्चालन गर्दै आएको महाशाखाले जनाएको छ ।

मुलुकी ऐन, जबर्जस्ती करणी महलको दफा ३ मा १६ वर्षभन्दा कमको नाबालकलाई जबर्जस्ती करणी गरेमा ६ देखि १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । रासस