३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


चीनमा शक्तिशाली आँधीको खतरा


0
Shares

बेइजिङ, साउन २४ । चीनमा शक्तिशाली आँधी आउन सक्ने भन्दै त्यहाँका जनतालाई उच्च सतर्कता अपनाउन सचेत तुल्याईएको छ ।

ताइवानबाट बिस्तारै चीनतर्फ सरेको आँधी लेकिमाले ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै अधिकारीहरुले स्थानीय जनतालाई सचेत तुल्याएका हुन् ।

चीनको सांघाई र झेझियांग प्रान्तका जनतालाई बढी सतर्क रहन अपिल गरिएको छ । चीनको याङजी र येलो नदीमा पानीको बहाव उच्च भएकाले बाढी आउने सक्ने खतरा पनि रहेको मौसमविद्हरुले बताएका छन् ।

यसैबीच सम्भावित खतरालाई ध्यानमा राखी बेइजिङबाट याङ्जी क्षेत्रका सम्पूर्ण रेलवे सेवा केही दिनका लागि बन्द गरिएको छ । यसअघि प्रतिघण्टा १ सय ९० किलोमिटरको रफ्तारले आएको आँधीले ताइवानमा ठूलो भौतिक क्षति पु¥याएको थियो । आँधीकै कारण बन्द भएका स्कूल तथा कलेज हालसम्म पनि खुलेका छैनन् । (एजेन्सी)