Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


चितवनमा वन्यजन्तु अस्पताल सञ्चालनमा


26
Shares

चितवन, मंसिर २७ । चितवनको सौराहामा नेपालमा नै पहिलो पटक वन्यजन्तु अस्पताल सञ्चालन आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको निमार्ण सुरु गरेको झण्डै ६ वर्ष पछि सञ्चालनमा आएको हो ।

दुई तल पक्की अस्पतालको ३ करोड ९० लाख ८४ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछानेले जानकारी दिनुभयो ।

अस्पतालमा प्रयोगशाला, अप्रेशन कक्ष, डिस्पेनसरी, पोटएवल एक्स रे र अल्ट्रा साउण्ड मेसिन, रगतको परीक्षण गर्ने स्वचालित मेसिन, रगतको जीव, रसायन परीक्षण जाँच गर्ने मेसिन, माइक्रोस्कोपसहितको ल्याब उपकारण, ग्याँसबाट लठाउने जस्ता सुविधासहितको अप्रेशन कक्ष रहेको छ ।

अस्पतालले हात्ती, बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको एक्स–रे देखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालनसँगै त्यसका लागि मुभिङ एक्स–रे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गराउने चितवन राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।