३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


टिम नेटिभले जित्यो ‘हल्ट प्राइज’


0
Shares

काठमाडौं, मंसिर २५ । यस वर्ष अन्तर्राष्ट्रिय व्यापार उद्यमशीलता चुनौती ‘हल्ट प्राइज २०२०/२१’ को विजेता टिम नेटिभ भएको छ ।

प्रतियोगितामा सहभागी समूहले यस वर्ष ‘फुड फर गुड’ भन्ने विषयमा आफ्ना भनाइ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रथम हुने सहभागी टोलीले ४७ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

प्रथम हुने टोलीले कृषि तथा वनविज्ञान विश्वविद्यालयको नेतृत्व गर्दै ५० मुलुक सहभागी भएको ‘रिजनल राउन्ड’मा उद्यमशीलताबारे विचार प्रस्तुत गर्ने आयोजकले जनाएका छन् ।

५१ टोलीले सहभागिता जनाएको यस कार्यक्रममा छ टोली फाइनल राउन्डमा पुगेका थिए ।